अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रज्ञा-प्रतिष्ठानको सहयोगमा खुला कविता प्रतियोगिता सम्पन्न भयो। मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको अध्यक्षता र माननीय मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा सहभागी १८ जना प्रतियोगी कवि/कवियत्रीहरूबाट छनोट भई वाचन गरिएका १० वटा कवितामध्ये पोखरा-१७, कास्कीका संयोग बस्यालको कविता प्रथम भएको थियो। प्रतियोगीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ।





